सभामुखसँग जर्मनीका सांसदहरूको भेट
nayapatrikadaily.com · Mon Feb 20 16:51:00 GMT 2023
सभामुख देवराज घिमिरेसँग जर्मनीको संसदको साउथ एसिया समूहका सदस्यहरू र नेपालका लागि जर्मनीका राजदूतले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित सभामुख कार्यालयमा भएको भेटमा दुईपक्षीय मैत्रीपूर्ण सम्बन्ध, नेपालको दिगो आर्थिक विकासलगायतका विषयमा छलफल भएको छ ।
भेटमा सभामुख घिमिरेले नेपाल र जर्मनीबीचको लामो कूटनीतिक सम्बन्ध र सन् २०१७ मा जर्मनीका उपसभामुखको नेपाल भ्रमण स्मरण गराएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)