मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

युनिग्लोबले फुटसल र बास्केटबल प्रतियोगिता आयोजना गर्ने

abhiyandaily.com

काठमाडौं (अस) । काठमाडौंको कमलादीमा रहेको युनिग्लोब सेकेन्डरी स्कुलले फुटसल तथा बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै स्कुलले उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिता बिहीवार (असार १६)देखि शुरू हुनेछ । असार १८ गतेसम्म चल्ने प्रतियोगिता सोही स्कुलमा हुनेछ । फुटसलमा पुरुष टोली र बास्केटबलमा महिला तथा पुरुष दुवै टोली सहभागी हुन सक्ने स्कुलले जानकारी दिएको छ ।

स्कुलका अनुसार फुटसलको विजेता टोलीले पुरस्कारस्वरूप रू. ५० हजार, उपविजेताले रू. ३० हजार र तृतीय हुनेले रू. २० हजार पाउनेछन् । त्यस्तै बास्केटबलतर्फ महिला र पुरुष दुवैतर्फबाट विजेताले रू. २५ हजार, उपविजेताले रू. १५ हजार र तृतीय हुनेले रू. १० हजार पाउनेछन् । फुटसलतर्फ ६४ ओटा टिम र बास्केटबलतर्फ पुरुष टोली ३२ तथा महिला टोली १६ ओटाको सहभागिता रहने बताइएको छ । आयोजकका अनुसार प्रतियोगितामा यस वर्ष एसईई दिएर बसेका विद्यार्थी मात्र सहभागी हुन पाउनेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)