चीनमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो
ratopati.com · Sun May 25 17:19:00 GMT 2025

नान्निङ । दक्षिण चीनको ग्वाङ्शी झुआङ स्वायत्त क्षेत्रको एक गाउँमा शुक्रबार बिहान आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुगेको स्थानीय अधिकारीहरूले आइतबार बताएका छन् ।
ग्वेइलिन शहरअन्तर्गत लङसेङ काउन्टीको सानसे गाउँमा आएको विपत्तिपछि खोज तथा उद्धार कार्यका लागि नौ वटा टोली परिचालन गरिएको छ । आइतबार साँझ ६ बजेसम्म थप तीन जनाको शव फेला पारिएसँगै मृतक सङ्ख्या ६ पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)