मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आवास बनाउँदै स्वयम्सेवक

gorkhapatraonline.com · Fri Dec 01 05:58:55 GMT 2023

राजु लामिछाने

रुकुमपश्चिम, मङ्सिर १५ गते । चिसो बढेको र त्रिपालमुनि बसेका भूकम्पपीडितलाई साथ दिन विभिन्न राजनीतिक दलनिकट नेता, कार्यकर्ता प्रभावित क्षेत्रका गाउँमा केन्द्रित भएका छन् । स्वयम्सेवक बनेर गाउँ पुगेका उनीहरू यतिबेला भूकम्पले भत्काएका र चर्किएका घरको व्यवस्थापन गर्नेदेखि अस्थायी आवास निर्माणका काममा सक्रिय छन् । भूकम्पबाट प्रभावित रुकुमपश्चिमको आठबिसकोट, सानीभेरी र चौरजहारी क्षेत्रमा यतिबेला विभिन्न दलका सयौँ स्वयम्सेवक परिचालन भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)