आम निर्वाचन : रचनात्मक र प्रविधिमैत्री प्रचारशैली
ratopati.com
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसँग चुनावी मैदानमा उत्रिएका बागलुङ क्षेत्र नम्बर १ का एमाले उम्मेदवार सूर्य पाठकले आफ्नो प्रचार अभियानलाई रचनात्मक र प्रविधिमैत्री बनाएका छन् । हरेक मतदाताकहाँ पुगेर उनीहरुसँग मत मागिरहेका पाठकको प्रचार अभियानमा प्रविधिको समेत प्रयोग गरेका हुन् ।
पाठकले भोट माग्नका लागि घरदैलोदेखि अन्तरक्रिया र सामाजिक सञ्जाल र प्रविधिको सम्पूर्ण रुपमा प्रयोग गर्दै आएका छन् । पाठकले घरदैलोका क्रममा भिडियो कलमार्फत घरबाहिर भएकासँग समेत मग माग्ने गरेका छन् । उसो त मेलापात वा खेतबारीमै पुगेर मत माग्नमा पनि पाठक व्यस्त छन् । तिहारको देउसी भैलो होस् वा बूढापाकासँग लगातार आशीर्वाद मागेर होस् उनले निरन्तर आफ्नो पक्षमा मतमत बटुल्न प्रयास गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)