दुर्गम जानै चाहेनन् राष्ट्रसेवक कर्मचारी : सामान्य प्रशासनमा ४५० निवेदन पर्दा सबैले रोजे सुगम
nayapatrikadaily.com · Sun Aug 06 00:21:00 GMT 2023
स्थानीय तह तथा दुर्गममा कर्मचारी अभावको समस्या हल गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा निवेदन माग्दा सबै कर्मचारीले सुगम रोजेका छन् । मन्त्रालयले नौ दिनको समय तोकेर १२ साउनमा भौगोलिक क्षेत्रको अवधि पुगेका कर्मचारीबाट सरुवा निवेदन मागेको थियो । शुक्रबारसम्म चार सय ५० निवेदन परेकामा सबैले सुगम रोजेका हुन् ।
‘स्थानीय तह तथा दुर्गममा कर्मचारी अभावको समस्या हल गर्ने उद्देश्यले मन्त्रालयले सरुवा निवेदन मागेको थियो । तोकिएको अवधिमा इमेलमार्फत चार सय ५० निवेदन प्राप्त भएकामा सबैले सुगम नै रोजेका छन्, कोही पनि दुर्गम जान इच्छुक देखिएनन्,’ सामान्य प्रशासन मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन शाखाका उपसचिव खिलराज राईले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)