राष्ट्रपति पदमा रामचन्द्र र सुवासचन्द्रबीच प्रतिष्पर्धा हुने
newsofnepal.com · Sun Feb 26 00:59:13 GMT 2023
काठमाडौं । यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि नेपाली कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट सुवासचन्द्र नेम्बाङबीच प्रतिष्पर्धा हुने भएको छ । शनिबार दिउँसो बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा ती दुवै नेताहरूले उम्मेदवारी दर्ता गराएका हुन् ।
कांग्रेस नेता पौडेललाई नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) पार्टी, जसपासहित आठ राजनीतिक दलले साझा उम्मेदवार बनाएका छन् । नेम्वाङ भने एमालेको तर्फबाट उम्मेदवार बन्नुभएको हो । पौडेलको प्रस्तावकमा कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नागरिक उन्मुक्तिकी रन्जिता श्रेष्ठ, जनमत पार्टीका नेता अब्दुल खान, जसपाका नेता अशोक राई रहनुभएको छ । यस्तै, समर्थकमा लोसपा अध्यक्ष महन्त ठाकुर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र माओवादी नेता हितराज पाण्डे रहनुभएको छ । राष्ट्रपति उम्मेदवारका लागि आठ दलले कांग्रेसलाई सघाउने निर्णय भएपछि पार्टीले सर्वसममत निर्णय गरेर पौडेललाई उठाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)