अर्जुनधारामा धकेल्दा महिलाको मृत्यु, एक जना पक्राउ
gorkhapatraonline.com · Wed May 20 05:59:52 GMT 2026

झापाको अर्जुनधारामा धकेलेर महिलाको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–५ कञ्चनवारी बस्ने २४ वर्षीय किरण गौतम रहनुभएको छ । उहाँले अर्जुनधारा नगरपालिका–८ कुशलचोक बस्ने यामबहादुर बस्नेतकी श्रीमती २९ वर्षीया काजल सुवेदी बस्नेतलाई धकेलेर हत्या गरेको आरोप छ ।
घटनाको विवरणअनुसार जेठ २ गते राति करिब ९ः१५ बजे अर्जुनधारा नगरपालिका–८ कुशलचोकस्थित एम्स सेकेन्डरी बोर्डिङ स्कुलको पश्चिमतर्फ रहेको खुला चौरमा गौतम र बस्नेत अत्यधिक मदिरा सेवन गरी बस्नुभएको थियो । सोही क्रममा उहाँहरूबीच विवाद भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)