लारिन चम्किए, तर जोनाथन डेभिडको गोल खडेरी कहिले टुट्ला ? क्यानडाको ऐतिहासिक बराबरीपछि विजेता र निराश पक्ष
kalakarmi.com · Sat Jun 13 01:28:12 GMT 2026
टोरन्टो- घरेलु मैदानमा पहिलोपटक पुरुष विश्वकप खेलिरहेको क्यानडाले अन्ततः फिफा विश्वकपमा आफ्नो इतिहासकै पहिलो अंक जोडेको छ । बोस्निया एण्ड हर्जेगोभिनासँग नेपाली समय अनुसार शनिवार बिहान भएको समूह ‘बी’ को खेलमा क्यानडाले १–१ को बराबरी खेल्दै लामो प्रतीक्षाको अन्त्य गरेको हो ।
४३ हजारभन्दा बढी समर्थकले भरिएको टोरन्टो स्टेडियममा खेलअघि नै उत्साह चरममा थियो । क्यानडाली समर्थकहरू रातो र नीलो रङमा सजिएर सडकदेखि रंगशालासम्म मार्च गर्दै पुगेका थिए भने बोस्नियाली समर्थकहरूको पनि उल्लेख्य उपस्थिति थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)