मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

कालीकोटको सबै पालिकालाई पूर्णखोप सुनिश्चित घोषणा

lokaantar.com

कालीकोट जिल्लाका नौ वटै स्थानीय तह पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ । जन्मेदेखि पाँच वर्षमूनिका बालबालिकाले नौ, गर्भवतीका लागि एक र किशोरीका लागि एक गरी ११ खोप पाएको सुनिश्चित गरिएपछि जिल्लाका नौ वटै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो ।

खाँडाचक्र, रास्कोट, तिलागुफा नगरपालिका सहित महाबै, पचालझरना, सान्नीत्रिवेणी, नरहरिनाथ र शुभकालिका गाउँपालिकालाई यस अघि नै पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको थियो । शुक्रबार पलाँता गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरेपछि सबै स्थानीय तह पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)