खाेटाङमा बाँदर आतंक, ‘कि जनता पाल, कि बाँदर’ भन्दै किसानले घेरे गाउँपालिका कार्यालय
shilapatra.com · Sat Jun 13 01:19:00 GMT 2026

बाँदरपीडित किसानले खोटाङकाे जन्तेढुंगा गाउँपालिकाको कार्यालय घेराउ गरेका छन् । वर्षभरी खानका लागि आफूले लगाएको अन्नबाली बाँदरले सखाप बनाएर उठिबास बनाएको जनाउँदै गाउँपालिकाका किसानले शुक्रबार चिसापानीस्थित गाउँपालिकाको कार्यालय घेराउ गरेका हुन् ।
प्लेकार्ड बोकेर नाराबाजीसहित गाउँपालिकाको कार्यालय चिसापानी बजार पुगेका किसानले आफूहरूको माग गाउँपालिकाले पूरा नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् । उनीहरूले गाउँपालिका प्रमुख अरुणादेवी राई र उपप्रमुख खेमबहादुर खड्कालाई भेटेर बाँदर आतंकलाई दीर्घकालीन समाधानको उपाय अपनाउन माग गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)