अपराजित रियल मड्रिड शीर्षस्थानमा
pahilopost.com · Sat Sep 03 17:41:45 GMT 2022
स्पेनिस ला लिगा अन्तर्गत आज सम्पन्न खेलमा रियल मड्रिडले रियल बेटिसलाई हराएको छ। सान्टिआगो बर्नेबेउ स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली मड्रिडले रियल बेटिसलाई २-१ गोलअन्तरले हराएको हो।
खेलको ९ औं मिनेटमै डेभिड अलबाको पासमा गोर्दै भिनिसियस जुनियरले मड्रिडलाई अग्रता दिलाएका थिए। तर, १७ औं मिनेटमा बेटिसबम सर्जियो क्यानालेसले बोर्जा इगलेसिअसको पासमा गोल फर्काउँदा पहिलो हाफ १-१ गोलको बराबरीमा रोकियो। दोस्रो हाफमा मड्रिडलाई जिताउन रोड्रिगोले निर्णायक गोल गरे। उनले खेलको ६५ औं मिनेटमा फेडेरिको भाल्भर्डेको पासमा गोल गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)