मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

श्रीलंका र वेष्ट इण्डिजबीचको दोस्रो टेस्ट पनि बराबरी

ekagaj.com · Sat Apr 03 00:23:37 GMT 2021

काठमाडौँ : श्रीलंका र वेष्ट इण्डिजबीचको दोस्रो टेस्ट बराबरी खेलेका छन् । वेष्ट इण्डिजले दिएको ३७७ रनको लक्ष्य पछ्याएको श्रीलंकाले अन्तिम दिनको खेल सकिदा २ विकेट गुमाएर १९२ रन बनाएपछि खेल बराबरी भएको हो ।

यसअघि पहिलो टेस्ट बराबरीमा सकिएको थियो । वेष्ट इण्डिजले पहिलो पालीमा ३ सय ५४ रन बनाएको थियो भने दोस्रो पालीमा २८० रन बनाएको थियो । श्रीलंकाले भने पहिलो पालीमा २५८ रन बनाउँदा दोस्रो पालीमा १९२ रन बनाएर खेल बराबरीमा टुंग्याएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)