देशका धेरै ठाउँमा घाम, दिउँसोपछि मधेस प्रदेश र प्रदेश-१ मा ठूलो वर्षाको सम्भावना
Ujyaaloonline.com · Mon Sep 19 02:01:06 GMT 2022
काठमाण्डाै - अहिले देशका धेरै ठाउँमा घाम लागेको छ ।
भारतको उत्तर प्रदेशमा बनेको मनसुनको न्यून चापीय क्षेत्र कमजोर भएकाले देशका धेरै ठाउँमा घाम लागेको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार यो प्रणाली कमजोर भएसँगै हिजो अस्तिको जस्तो पानी पर्ने सम्भावना छैन । तर, आज दिउँसो पछि भने मधेस प्रदेश र प्रदेश-१ का एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
प्रदेश-१ र मधेस प्रदेशमा ठूलो वर्षाको सम्भावना रहेकाले त्यस क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
अन्तिम अपडेट:
असोज ३, २०७९
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)