मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नाडालले १९ वर्षमा पहिलो पटक फ्रेन्च ओपन गुमाउने

deshsanchar.com · Thu May 18 16:39:28 GMT 2023

स्पेनिस टेनिस स्टार राफेल नाडालले फ्रेन्च ओपन गुमाउने भएका छन्। नाडालले १९ वर्षमा पहिलो पटक फ्रेन्च ओपन इन्जुरीका कारण गुमाउन लागेका हुन्। १४ पटकका फ्रेन्च ओपन च्याम्पियन नाडाललले आफूले नभइ आफ्नो शरिरले यो निर्णय गरेको बताए।

३६ वर्षीय नाडालले २२ ग्रान्डस्लाम जितेका छन्। उनले २०२४ सिजन पछि सन्न्यास लिने समेत बताए। उनले भने ‘यो निर्णय मैले गरेको होइन्, मेरो शरिरले गरेको निर्णय हो। रोलान्ड गारोस खेल्न असम्भव छ।’ उनले थपे ‘मेरो बिचारमा आगामी वर्ष सम्भवत मेरो अन्तिम वर्ष हुने छ। तर यस्तै अवस्था रहे अहिलेनै केहि भन्न सक्ने अवस्थामा छैन।’

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)