कोरला नाकामा जीप दुर्घटना, चालक घाइते
lokaantar.com

काठमाडौं-पोखरा हुँदै मुस्ताङको नेपाल-चीन उत्तरी कोरला नाकातर्फ जाँदै गरेको ग १ च २२५५ नम्बरको ‘टोयटा हायस जीप’ दुर्घटना हुँदा काठमाडौं तारकेश्वर नगरपालिका–५ टोखा निवासी जीप चालक ३१ वर्षीय नागमिन सुब्बा घाइते भएका छन् ।
जीपमा चालकसहित पाँच जना यात्रु सवार रहेको बताइएको छ ।
कोरला नाका नजिकै अनियन्त्रित भई आज बिहान जीप दुर्घटना भएको सशस्त्र प्रहरी बल नेपाल ३३ गुल्मका गणपति प्रहरी नायब उपरीक्षक भेषराज गिरीले जानकारी दिए ।
उनका अनुसार कोरला नाकास्थित एक किलोमिटर दक्षिणको भिरालो सडकमा सवारी दुर्घटना भएको हो ।
घाइते चालक सुब्बालाई सशस्त्र प्रहरीद्वारा कोरला नाकाबाट उद्धार गरी जोमसोम अस्पतालतर्फ ल्याउँदै गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)