सावित्राको उत्कृष्ट प्रदर्शनमा गोकुलमलाई ह्याट्रिक उपाधि
deshsanchar.com · Sun May 21 16:19:13 GMT 2023
काठमाडौं-भारतीय महिला लिगको उपाधि नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी आबद्द गोकुलम केरेलाले जितेको छ। उपाधि जित्ने क्रममा फाइनलमा किकस्टार्ट एफसीलाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै गोकुलमले लगातार तेस्रो पटक उपाधि जितेको हो।
नेपाली टोलीकै मिडफिल्डरद्धय सरु लिम्बु र रेनुका नगरकोटी सम्मिलित किकस्टारलाई हराउँदा सावित्राले प्रतियोगिताभरी उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक गोलकर्ता बनिन्। उनले फाइनलमा पनि एक गोल गरेकी थिइन।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)