दोस्रो सुपर ओभरमा अफगानिस्तानविरुद्ध भारतको रोमाञ्चक जीत, सीरीज ३–० क्लीन स्वीप
kalakarmi.com · Thu Jan 18 00:51:55 GMT 2024
बेंगलुरु– भारत तथा अफगानिस्तानबीचको तेस्रो टी२० इन्टरनेशनल अत्यन्त रोमाञ्चक शैलीमा टुंगिएको छ । प्रारम्भमा दुबै टीमबीच खेल टाइ भयो । त्यसपछि दुबै टीमले सुपर ओभरमा १६–१६ रन बनाए, फलस्वरुप उक्त सुपर ओभरसमेत टाइ भयो । त्यसपछि दोस्रो सुपर ओभरमा भारतीय टीम विजयी हुन सफल भयो ।
दोस्रो सुपर ओभरमा भारतीय टीमले पाँच बलमा ११ रन बनाएको थियो । त्यसपछि कप्तान रोहित शर्माले स्पिनर रवि बिश्नोइलाई बलिङको जिम्मेवारी दिए । बिश्नोईले आफ्नो स्पिनको कला प्रदर्शन गर्दै अफगानिस्तानलाई तीन बलमै एक रनमा सिमित बनाए । बिश्नोईले मोहम्मद नबी तथा रहमनुल्लाह गुरबाजलाई शिकार बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)