कोरला नाकामा जिप दुर्घटना हुँदा एक घाइते
nagariknews.nagariknetwork.com · Mon Apr 13 08:02:34 GMT 2026

काठमाडौं पोखरा हुँदै मुस्ताङको नेपाल-चीन उत्तरी कोरला नाकातर्फ जाँदै गरेको ग१च २२५५ नम्बरको ‘टोयटा हायस जिप’ दुर्घटना भएको छ ।
दर्घटना परी काठमाडौं तारकेश्वर नगरपालिका–५ टोखा निवासी जिप चालक ३१ वर्षीय नागमिन सुब्बा घाइते भएका छन् ।जीपमा चालकसहित पाँच जना यात्रु सवार रहेको बताइएको छ ।
कोरला नाका नजिकै अनियन्त्रित भई सोमबार बिहान जीप दुर्घटना भएको सशस्त्र प्रहरी बल नेपाल ३३ गुल्मका गणपति प्रहरी नायब उपरीक्षक भेषराज गिरीले जानकारी दिए ।
उनका अनुसार कोरला नाकास्थित एक किलोमिटर दक्षिणको भिरालो सडकमा सवारी दुर्घटना भएको हो । घाइते चालक सुब्बालाई सशस्त्र प्रहरीद्वारा कोरला नाकाबाट उद्धार गरी जोमसोम अस्पतालतर्फ ल्याउँदै गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए । रासस
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)