मोरङमा पनि एक साता निषेधाज्ञा
thahakhabar.com
विराटनगर : कोरोना संक्रमण तीव्र रूपमा फैलिएसँगै मोरङमा एक साता निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले सूचना जारी गरी बैशाख १८ गते राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको जनाएको छ।
प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ मा निषेधाज्ञा जारी भएको हो। अन्य स्थानीय तहहरूमा संक्रमण दर कम भएकाले निषेधाज्ञाको निर्णय नभएको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)