पाइनै छाड्यो गिद्धको खान्की
annapurnapost.com · Wed Sep 06 00:46:17 GMT 2023
गुलरिया : नेपालमा गिद्धको आहारा घट्न थालेको छ। घरमा पालेका पशुहरू मरणोपरान्त माटोमुनि पुर्ने तथा कृषि प्रणालीमा विषादीको प्रयोग गर्ने परिपाटी बढेसँगै गिद्धको आहारामा कमी आएको हो।
गिद्धको आहारामा कमी आएर संरक्षणमा चुनौती आएपछि संरक्षणकर्मीहरू चिन्तित भएका छन्। बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारी प्रकृतिको कुचिकारको रूपमा परिचित पन्छी गिद्धको आहारामा संकट आएको बताउँछन्। ‘घरपालुवा जनावर मरेपछि माटोमा पुर्ने प्रचलन बढेको छ। कृषिमा प्रयोग गरिने किटनाशक औषधीका कारण किरा फट्याङ्ग्राको आहारा पनि गिद्धका लागि जोखिम छ,’ उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)