एनआरएनएद्वारा परराष्ट्रविरुद्ध मुद्दा दायर
ekantipur.com · Sun Nov 28 01:18:05 GMT 2021
काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) ले परराष्ट्र मन्त्रालयविरुद्ध उच्च अदालत, पाटनमा मुद्दा दायर गरेको छ । परराष्ट्र मन्त्रालयले अन्यायपूर्ण पत्र जारी गरेका कारण संघ बाध्य भएर सरकारविरुद्ध अदालतमा गएको बताइएको छ । उच्च अदालतमा बिहीबार उत्प्रेषण आदेश माग गदै परराष्ट्र मन्त्रालयसहित सरकारविरुद्ध पहिलो पटक संघले मुद्दा दायर गरेको संघका अध्यक्ष कुमार पन्तले जानकारी दिए ।
सरकारविरुद्धको निवेदनमा एनआरएनएको महाधिवेशन गराउन संरक्षक परिषद्लाई जिम्मा दिने मन्त्रालयको निर्णय गैरकानुनी रहेको भन्दै त्यसलाई बदर गर्न माग गरिएको छ । परराष्ट्र मन्त्रलायप्रति गैरआवासीय नेपालीहरूको विश्वास नरहेकै कारण अदालतको ढोका ढकढक्याउनुपरेको उनको भनाइ छ । भर्चुअल रूपमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष पन्तले तोकिएकै मितिमा निर्वाचन हुने बताएका छन् । मन्त्रालयले जारी गरेको पत्रबारे जानकारी दिने उद्देश्यले शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले घोषित मिति डिसेम्बर १५ मै एनआरएनएको निर्वाचन हुने प्रस्ट्याए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)