साल्भाडोरको ऐनामा काठमाडौंको अनुहार
baahrakhari.com · Sat Jul 04 11:26:07 GMT 2026
नेपाल र मध्यअमेरिकी मुलुक एल साल्भाडोरबीच हजारौँ माइलको भौगोलिक दूरी छ । भाषा, संस्कृति र परम्पराको दृष्टिले पनि आकाश जमिनको फरक छ । तैपनि गरिबी, भ्रष्टाचार, नातावाद, नेताहरूको सत्ताको खिचातानी र अकर्मण्य राजनीतिबाट वाक्क भएको जनताको मनोविज्ञान भने आश्चर्यजनकरूपमा मिल्दोजुल्दो देखिन्छ । दुवै देशको आर्थिक संरचना पनि लगभग उस्तै छ । जनसंख्याको ठूलो हिस्सा वैदेशिक रोजगारीमा छ, अर्थतन्त्र रेमिट्यान्समा निर्भर छ । चुनावी परिणामहरू हेर्दा जनतामा "पुरानो व्यवस्था"प्रतिको वितृष्णा र "नयाँ विकल्प"प्रतिको अभिलाषा पनि उस्तै देखिन्छ ।
यही पृष्ठभूमिमा सामाजिक सञ्जालको स्क्रिनबाट दुई अनुहार उदाए — एल साल्भाडोरको पुरानो राजनीतिक संरचना भत्काउने दाबी गर्ने नायिब बुकेले र नेपालमा सुशासनको जग बसाउने दाबी गर्ने बालेन शाह । संयोग पनि कस्तो भने दुवै लोकप्रियतावादीको राजनीतिक उदयमा अनौठो समानता भेटिन्छ । दुवैले स्थानीय तहलाई राष्ट्रिय राजनीतिमा उक्लिने भर्याङ बनाए, सामाजिक सञ्जाललाई राजनीतिक शक्ति उत्पादन गर्ने कारखानाका रूपमा प्रयोग गरे र 'पुरानो' र 'नयाँ'को भाष्य निर्माण गरी राजनीतिक प्रतिस्पर्धालाई वैचारिकभन्दा भावनात्मक ध्रुवीकरणतर्फ मोडे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)