मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

माइनस चिसोमा कीर्तिमानी साइकलयात्रा

ekantipur.com · Sun Dec 04 01:00:40 GMT 2022

लमजुङ — बेनी बजार, म्याग्दी । बुधबार राति ११:२२ बजे । मुस्ताङ आउजाउको बाटैमा पर्ने यो बजारका अधिकांश बासिन्दा सुतिसकेका थिए । यहीँबाट चर्चित क्यानेडियन साइक्लिस्ट करी वालेसले यात्रा थाले । २० घण्टा ३० मिनेट लगातार साइकल चलाएर उनले २ सय १७.२३ किलोमिटर पहाडी र उच्च हिमाली भूभाग छिचोले । बिहीबार बेलुकी ७:५२ बजे लमजुङको बेंसीसहर आइपुग्दा उनी पसिनाले लुछुप्प भिजेका थिए ।

विश्व चर्चित साइकल दौड प्रतियोगिता याक अट्याकको १४ औं संस्करणमा भाग लिन आएका ३८ वर्षीय करी आफ्ना यसअघिका चार रेकर्ड तोडेर पाँचौं पटक च्याम्पियन बने । यो विजयपछि एक साता आराम गरेर उनले म्याग्दीको बेनीदेखि पदमार्गको ‘उल्टो यात्रा’ थालेका थिए । चक्रीय अन्नपूर्ण पदमार्गको लमजुङ बेंसीसहरबाट सुरु हुने यात्रालाई ‘सुल्टो’ मानिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)