नेपाल प्रहरीका विभिन्न प्राविधिक समूहका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)
ratopati.com · Sat Jun 13 01:46:23 GMT 2026

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयले विभिन्न प्राविधिक समूहअन्तर्गत रिक्त रहेका प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि सिफारिस सूची प्रकाशित गरेको छ।
प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार जेठ २९ गते बसेको बढुवा समितिको बैठकले विभिन्न उपसमूहका कूल ३६३ जना प्रहरी जवानहरूलाई सहायक हवल्दार पदमा बढुवा गर्न सिफारिस गरेको हो।
बढुवा समितिले उनीहरूको कार्यक्षमता, शैक्षिक योग्यता र तालिमका आधारमा प्राप्त गरेको कूल प्राप्ताङ्कको आधारमा योग्यताक्रम सूची सार्वजनिक गरेको उल्लेख गरेको छ। सिफारिस सूचीमा चित्त नबुझ्ने उम्मेदवारहरूले सात दिनभित्र उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्ने व्यवस्था समेत रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)