मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छानिए १ लाख १५ हजार म्यादी

ekantipur.com · Wed Oct 12 01:05:11 GMT 2022

काठमाडौँ — निर्वाचन सुरक्षार्थ १ लाख १५ हजार म्यादी प्रहरी छनोट भएका छन् । ४० दिनको कार्यावधि तोकेर प्रहरी प्रधान कार्यालयले भदौ ३० देखि असोज ६ सम्म आवेदन खोलेकोमा आइतबार ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट अन्तिम नतिजा प्रकाशन गरिएको हो । सबैभन्दा बढी मधेस प्रदेश र सबैभन्दा कम कर्णाली प्रदेशमा म्यादी भर्ना भएका छन् ।

जिल्लागत रुपमा सबैभन्दा बढी मोरङमा ३ हजार ६ सय १६, झापामा ३ हजार ४ सय ९० र धनुषामा ३ हजार ४ सय ८६ जना छनोट भएका छन् । त्यस्तै, सबैभन्दा कम मनाङमा २ सय २८, मुस्ताङमा २ सय ८५ र रसुवामा ३ सय ३० छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)