मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मलका लागि रातभर लाइनमा बस्न बाध्य किसान

gorkhapatraonline.com · Sat Jun 13 01:48:42 GMT 2026

बर्खे धान खेतीको तयारीमा रहेका दाङका किसान रासायनिक मलको अभावले समस्यामा परेका छन्। धानको ब्याड राख्ने र मकै बालीमा मल हाल्ने समय भइसक्दा पनि पर्याप्त मल उपलब्ध नभएको किसानहरूको गुनासो छ।

बर्खे धान खेतीका लागि ब्याड राखेर रोपाइँको तयारीमा जुट्नुभएका घोराही उपमहानगरपालिका–१, पन्तटोल निवासी नवराज पन्तले आवश्यक मल पाउन नसकेको बताउनुभयो। हिउँदे बालीका लागि ल्याएर बाँकी रहेको मल प्रयोग गरी धानको ब्याड राखे पनि रोपाइँका लागि आवश्यक मल अभाव भएको उहाँको भनाइ छ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)