राजनीतिक नेतृत्वलाई जोगाउने मेसिन नबनोस् अख्तियार
barnanmedia.com · Sun May 25 21:34:53 GMT 2025

नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री रमेश लेखक यतिखेर प्रश्नको घेरामा छन् । उनीमाथि भिजिट भिसा गिरोहलाई संरक्षण र परिचालन गरेको आरोप लागेको छ । उनीमातहतका र उनका एकदमै निकटस्थ कर्मचारीहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान घेरामा छन् ।
लेखक यस प्रकरणमा मुछिएपछि उनकै दलका नेताहरु राजीनामा माग्न थालेका छन् । यो स्वाभाविक हो कि अनुसन्धान निष्पक्ष होस् भन्नका निम्ति पनि उनी पदबाट अलग्गिनु आवश्यक छ । तर, उनी पदबाट अलग्गिएर वा राजीनामा दिएर मात्र विषयको पटाक्षेप भने हुनुहुँदैन । लेखक र उनको टोलीमाथि एकएक गरी छानबिन र अनुसन्धान हुनुपर्छ । अख्तियारले राजनीतिक नेतृत्वलाई त्यसै छाड्नुहुँदैन ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)