मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सत्ताको च्याँखे दाउमा माओवादी, भिजिट भिसामा गृहमन्त्रीको राजीनामा किन माग्न सकेनन् प्रचण्डले ?

barnanmedia.com · Sun May 25 21:31:35 GMT 2025

आमनागरिकलाई भिजिट भिसामा खाडी मुलुक र युरोप पठाउँदै प्रतिव्यक्ति २० हजारदेखि ४० हजारसम्म असुल भइरहेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राट्रिय विमानस्थल, अध्यागम कार्यालयमा गत साता छापा हान्यो । छापा हान्नु अघि नै गृह मन्त्रालय तानिएका अध्यागमन प्रमुख तीर्थराज भट्टराई पक्राउ परे। उनी हाजिरी जमानीमा छुटे पनि अन्य कर्मचारी अख्तियारको नियन्त्रणमा छन्। यो सेटिङमा गृहका कर्मचारी मात्र नभइ गृहमन्त्री रमेश लेखकका सचिवालयका कर्मचारी नै संलग्न रहेको खुलिसकेको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री नै संलग्न रहेको आशंकासहित अहिले सडकदेखि प्रदेशसभाका सदनसम्म उनको राजीनामा माग हुँदैछ। संघीय सदन अहिले चालु छैन।

यसबाहेक सत्तारुढ कांग्रेस र एमालेकै कतिपय नेताहरू नै लेखकको राजीनामा मागिरहेका छन्। आइतबार बालुवाटारमा प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरुबीच छलफल थियो। गृहमन्त्री लेखकसमेत सहभागी छलफलमा भिजाबारे प्रश्न उठेको थियो। यद्यपि, ओलीले निर्णय लिने अधिकार कांग्रेसलाई छाडेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)