रुस-युक्रेन युद्धमा मारिएका नेपालीको सम्झनामा पाशुपत क्षेत्रमा दीप प्रज्वलन
lokaantar.com
रुसी सेनामा भर्ती भएर युक्रेन युद्धमा मृत्युवरण गरेका नेपालीको सम्झनामा शनिवार साँझ पाशुपत क्षेत्रमा दीप प्रज्वलन गरिएको छ । ‘पीडित परिवार तथा नागरिकको जीवनरक्षाका लागि सचेतना’ अभियानद्वारा आयोजित दीप प्रज्वलनमा मानवअधिकारकर्मी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, धार्मिक व्यक्ति, पीडित परिवारका सदस्यलगायतको सहभागिता थियो ।
अभियानकी संयोजक कृतु भण्डारीले युद्धमा कुनै सम्बन्ध नभएको नेपालका नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था संवेदनशील भएकाले सम्झौता नभएका मुलुकमा पनि फौजमा भर्ना भई मर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)