निर्माण अलपत्र पारेर ठेकदार माननीय टाप
annapurnapost.com · Tue Jan 30 00:52:45 GMT 2024
काठमाडौं : रामेछाप सदरमुकाम जोड्ने मन्थली—चिसापानी सडक निर्माणका लागि तीन वर्षअघि नै ठेक्का लगाइएको थियो। डेढ वर्षभित्र निर्माण गरिसक्ने समयसीमा तोकिएको थियो। तर, ठेक्का भएको तीन वर्ष बितिसक्दा पनि सात किलोमिटर सडक निर्माण हुन सकेको छैन। स्थानीय धुलाम्मे सडकमै यात्रा गर्न विवश छन्। सात किलोमिटरमध्ये अहिलेसम्म जम्मा २ किलोमिटर मात्रै कालोपत्रे भएको छ।
सडक निर्माणको ठेक्का लिएर जनतालाई सास्ती दिने ठेकेदार हुन्, त्यही जिल्लाका सांसद पूर्णबहादुर तामाङ। जनताको सुविस्ताका लागि दिनरात खट्नुपर्ने माननीयले नै दुःख दिएपछि स्थानीय आन्दोलित भएका छन्। माननीयको गैरजिम्मेवारले आजित भएपछि स्थानीय आन्दोलित भएका हुन्। माननीयले ठेक्का लिएका सडक, विद्यालय भवन, स्वास्थ्य चौकीलगायतका संरचना अस्तव्यस्त र अपूरा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)