मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

अपाङ्गता भएकालाई सहायक सामग्री अभाव

barnanmedia.com · Sun May 25 22:06:55 GMT 2025

यहाँको शुक्लाफाँटा नगरपालिकाका अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री अभाव देखिएको छ । सहायक सामग्री अभावमा अपाङ्गता भएका व्यक्तिहरुलाई हिँड्डुल गर्न समस्या भएको छ । महिला, बालिबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको साझेदारीमा राष्ट्रिय अपाङ्ग महासङ्घको समन्वयमा आइतबार आयोजजित स्थानीय तह, अपाङ्गता भएका व्यक्तिहरुका संस्था र नागरिक समाजका प्रतिनिधिहरुलाई अपाङ्गता समावेशी विकाससम्बन्धी अभिमुखीकरण कार्यक्रमका सहभागीले सहायक सामग्री अभाव हँुदा कष्ट सहनुपरेको गुनासो गरे ।

अपाङ्ग एकता समाज नेपालका अध्यक्ष हरिदत्त भट्टले नौ वर्षअघि दातृ निकायले उपलब्ध गराएका ह्विलचेयर, ट्राइसाइकललगायत सहायक सामग्री बिग्रिएर कामै नलाग्ने भएको गुनासो गर्नुभयो । “दातृ निकायले प्रदान गरेका ती सहायक सामग्री बिग्रिँदा मर्मत हुन सकेका छैनन्”, उहाँले भन्नुभयो, “पाटपूर्जा पाइँदैनन्, त्यसपछि कुनै निकायबाट सहायक सामग्री उपलब्ध हुन सकेको छैन ।” नगरपालिकाले केही अपाङ्गता भएका व्यक्तिहरुलाई ह्विलचेयरलगायत सहायक सामग्री उपलब्ध गराए पनि टिकाउ नभएको उहाँको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)