मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

नेपालीपन अन्त्यको चिन्ता

gorkhapatraonline.com · Mon Jan 02 00:57:07 GMT 2023

काठमाडौँ, पुस १८ गते । इतिहासकार ज्ञानमणि नेपाललाई नेपालीपनको अन्त्य हुने चिन्ताले अचेल निद्रा लाग्न छाडेको छ। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले आइतबार आयोजना गरेको कार्यक्रममा उहाँले पछिल्लो समय नेपाली पोसाक, विक्रम संवत् र नेपाली झन्डाबारे विभिन्न तर्क गरी तिनलाई विस्थापित गर्ने होड चलेको बताउँदै भन्नुभयो, “यो होडले नेपालीपनको अन्त्य हुन्छ। यो चिन्ताको विषय हो। यही चिन्ताले मलाई निद्रा नलाग्ने समस्या देखिएको छ।”

उहाँले विक्रम संवत् भारतका राजा विक्रमादित्यले चलाएको कुरा गलत भएको तर्क गर्दै नवौँ शताब्दीपछि चलनमा आएको गणतन्त्र संवत् भएको तथ्य र प्रमाण आफूले फेला पारेको दाबी गर्नुभयो। विक्रमादित्य कुनै एक राजा नभई छ जना राजाले आफ्नो नामको अगाडि राखेको पदवी मात्र रहेको बताउँदै नेपाली पोसाक दौरा, सुरुवाल र टोपीको प्रयोग पनि शाह वंशभन्दा पहिलेदेखि नै चलनचल्तीमा रहेको बताउनुभयो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)