इप्पानमा नयाँ नेतृत्व, अधिकांश पदमा निर्विरोध, कोषाध्यक्षमा निर्वाचन
arthasansar.com

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन भएको छ । संस्थाको २४ औँ वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति चयन भएको हो ।
इप्पानको विधानमा भएको व्यवस्थाअनुसार वरिष्ठ उपाध्यक्ष मोहन डाँगी स्वतः अध्यक्षमा चयन भएका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन लामा सर्वसम्मत भएका छन् । त्यस्तै ७ जना उपाध्यक्षहरूमा हिमप्रसाद पाठक, सुसन कर्माचार्य, विक्रम न्यौपाने, नरेन्द्र बल्लभ पन्त, बलराम खतिवडा, प्रकाश दुलाल र उत्तर कुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)