अस्थायी बाँध बाँधेर सिँचाइ गर्दै किसान
ekagaj.com · Sat Aug 05 15:58:16 GMT 2023
गोलबजार- सिरहाको कल्याणपुर नगरपालिकाका किसानले भेडवा नदीमा अस्थायी बाँध बाँधेर खेतमा सिँचाइ गर्न थालेका छन् । अकाशेपानीमा आश्रित किसानहरू साउनको तेस्रो सातासम्म पनि पर्याप्त पानी नपर्दा अस्थायी बाँध बाँधेर सिँचाइ गर्न बाध्य भएका हुन् ।
कल्याणपुर नगरपालिका–४ का वडाध्यक्ष प्रजितकुमार यादवका अनुसार स्थानीय किसानको जनश्रमदान र नगरपालिकाको सहयोगमा सिँचाइ उपलब्ध गराइएको बताए । उनले यसपाली समयमा धान रोपाइँ नभएकाले धान उत्पादन घट्ने अनुमान गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)