गणतन्त्र दिवसलाई जनस्तरमा समेत भव्यरुपमा मनाउन प्रधानमन्त्री ओलीको आग्रह
barnanmedia.com · Sun May 25 22:52:40 GMT 2025

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसलाई जनस्तरमा समेत भव्यरुपमा मनाउन आग्रह गरेका छन् । प्रेस चौतारी नेपालका पदाधिकारी र सचिवालय सदस्यसँग आइतबार प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले जनताको सङ्घर्षको प्रतिफलका रुपमा प्राप्त गणतन्त्र दिवसलाई सरकारीस्तरका साथै जनस्तरबाट पनि मनाउन जोड दिए ।
नेपाल सरकारले यही जेठ १५ गतेको गणतन्त्र दिवस मनाउन प्रधानमन्त्री ओलीको अध्यक्षताका मूल आयोजक समिति गठन गरेको छ । “गणतन्त्र दिवस, जनताको दिवस हो । यसलाई जातजातिगत विविध बाजागाजा र झाँकीसहित हरेक ठाउँबाट उत्सवका रुपमा मनाउनुुपर्छ ।’’, प्रधानमन्त्री ओलीले भने, “जनताले लडेर ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका पक्षमा हामी छौँ र यसका लागि सञ्चार क्षेत्रबाट जनताका बीचमा सही सूचना दिएर प्रचारप्रसार गरिनुुपर्दछ ।’’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)