मोफसल यात्रामा ‘बगान’ टोली
farakdhar.com · Sun Jul 09 16:33:26 GMT 2023
असार २९ गते देशभर रिलिज हुने नेपाली चलचित्र ‘बगान’को टोली काठमाडौं उपत्यका बाहिरका प्रमुख चलचित्र स्टेसनमध्ये तीनवटा चितवन, बुटवल र पोखरा पुगेको छ । अभिनेता तथा निर्देशक सरोज खनालसहित अभिनेत्री करिश्मा मानन्धर, नवअभिनेत्री प्रमिला कार्की र निर्माता तथा गीतकार सुरेश वाग्लेको टोली उपत्यका बाहिर निस्किएको हो ।
शनिवार सबेरै चितवन पुगेको टोली आइतबार साँझ पोखरा हुँदै काठमाडौं फर्किन लागेको हो ।नेपाली चलचित्र प्रदर्शन हुने नेपालका हरेक कुनाकाप्चा पुग्ने इच्छा भए तापनि समयअभावका कारण सम्भव नभएको निर्देशक तथा अभिनेता खनालले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)