शालिग्राम पर्यटन
gorkhapatraonline.com · Sat Jun 13 01:58:30 GMT 2026

कालीगण्डकीको लहरसँगै बग्ने अनादिकालको शालिग्राम सभ्यता, मुक्तिनाथको मोक्षभूमि र दुर्गम तर पवित्र दामोदरकुण्डको महिमाले मुस्ताङलाई सधैँ एउटा रहस्यमयी र अलौकिक गन्तव्य बनाएको छ । हालै जोमसोममा प्रतिस्थापन गरिएको २२ फिट अग्लो भव्य शालिग्राम मूर्ति र शङ्कराचार्यको आगमनले यो देवभूमिलाई नयाँ धार्मिक र पर्यटकीय ऊर्जा दिएको छ । एकातिर स्थानीय तहले कलात्मक र ऐतिहासिक पहिचान जोगाउँदै पर्यटकको बसाइ लम्ब्याउन लोभलाग्दो प्रयास गरिरहेका छन् भने अर्कातिर सरकारले ‘शालिग्रामपथ’ मार्फत यस क्षेत्रलाई विश्वकै आकर्षक धार्मिक ‘सर्किट’ का रूपमा विकास गर्ने नयाँ योजना अघि सारेको छ । प्राकृतिक सौन्दर्य र अध्यात्मको यो अनुपम सङ्गमले कसरी मुस्ताङको भविष्य बदल्दै छ त ? आउनुहोस्, यसको रोचक नालीबेली बुझौँ :
दक्षिणाम्नाय शारदापीठ शृङ्गेरीका शङ्कराचार्य श्री विधुशेखर भारती सन्निधानमले २०८३ जेठ दोस्रो साता मुस्ताङको भ्रमण गर्नुभयो । त्यस क्रममा उहाँले घरपझोङ गाउँपालिका–४, जोमसोमस्थित कालीगण्डकी नदीको तटीय क्षेत्रमा निर्मित २२ फिटको शालिग्राम मूर्तिमा प्राणप्रतिष्ठा गर्नुभयो । उहाँले दीप प्रज्वलन र फूलमाला चढाएर शालिग्राम शिलाको प्राणप्रतिष्ठा गर्नुभएपछि अहिले यसलाई दर्शनका लागि खुला गरिएको छ । कालो रङको बाटुलो, चिल्लो शालिग्रामलाई वैष्णव तथा अन्य सनातनीले विष्णुको अवतारका रूपमा पुज्दै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
स्वर्णिम वाग्ले