मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लोडसेडिङ हुँदैन, हल्लाको पछि नलाग्नूस् : मन्त्री खड्का

nepaltvonline.com · Sun May 25 23:42:29 GMT 2025

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अब ‘लोडसेडिङ’ नहुने बताउनुभएको छ । मन्त्री खड्काले कुलेश्वरस्थित कालीमाटी ‘नो लाइट’ शाखाको स्थलगत निरीक्षण गर्दै अब लोडसेडिङ नहुने र हल्लाको पछि नलाग्न आग्रह गर्नुभएको हो ।

सोही अवसरमा नो–लाइट शाखाअन्तर्गत विभिन्न स्थानमा देखिएको विद्युत् आपूर्तिको समस्या, उपभोक्ता गुनासो तथा सम्भावित प्राविधिक कठिनाइबारे मन्त्री खड्काले जानकारी लिनुभयो । मन्त्री खड्काले हाल देशमा उत्पादन भइरहेको विद्युत्ले माग पूरा गर्न पर्याप्त रहेकाले अब लोडसेडि नहुने स्पष्ट पार्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)