मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

लम्पी स्किन : गाईभैंसीमा इतिहासकै ठूलो महामारी

ekantipur.com · Thu Jul 13 00:31:39 GMT 2023

काठमाडौँ — कृषिलाई आम्दानीको स्रोत बनाएका डडेलधुराको गन्यापधुरा–१ का किसान हेमराज अवस्थी गोठ सम्झेर पछिल्लो समय खुसी छैनन् । कारण हो, लम्पी स्किन रोग । गाई र भैंसी पालेका उनको गोठमा गत चैतमा लम्पी पस्यो ।

गाईभैंसीको खुट्टा सुनिने, जीउभरि फोका आउने, कानमा गिर्खा देखिने आदि समस्या आएर घाँसपानी खानसमेत छाड्यो । बिमारले च्याप्दै लगेपछि उनले पशु प्राविधिकलाई देखाए । ‘पशुका डाक्टरलाई नै यस्तो रोगबारे थाहा रहेनछ । जेठ अन्तिममा ब्याउने भैंसीमा पनि रोग देखियो,’ अवस्थीले भने, ‘रोग लागेको एक सातामै (असार १ मा) भैंसी मर्‍यो ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)