मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तीनकुने प्रकरणमा ६१ जनाविरुद्ध मुद्दा

deshsanchar.com · Mon May 26 00:00:37 GMT 2025

काठमाडौँ- जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले यहाँको तीनकुनेमा गत चैत १५ गते पूर्वराजाका समर्थकहरुले गरेको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा ६१ जनामाथि काठमाडौँ जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले १०८ जनालाई मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन गत बिहीबार बुझाएको थियो । शुक्रबार अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरिए पनि समय अभावका कारण नसकिएकाले आइतबार उक्त घटनाको मुद्दा दर्ता भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)