मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईपिएल क्रिकेटमा चेन्नई र हैदराबादको जीत

Ujyaaloonline.com · Mon May 26 00:08:02 GMT 2025

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा हिजो भएका खेलमा चेन्नई सपर किङ्गस र सनराइजर्स हैदराबाद विजयी भएका छन् । हिजोको पहिलो खेलमा चेन्नईले गुजरात टाइटन्सलाई ८३ रनले हरायो । चेन्नईले दिएको दुई सय ३१ रनको लक्ष्य पछ्याएको गुजरात १८ ओभर तीन बलमा एक सय ४७ रनमा अलआउट भयो ।

त्यसअघि अहमदाबादमा टस जितेर ब्याटिङ गरेको चेन्नईले पाँच विकेट गुमाएर दुई सय ३० रन बनाएको थियो । हिजो खेल हारे पनि शीर्ष स्थानमा रहेको गुजरात यस अघि नै प्लेअफमा पुग्न सफल भएको थियो । गुजरातको १४ खेलमा १८ अङ्क छ । चेन्नई यसअघि नै प्लेअफमा पुग्न असफल भएको थियो । १४ खेलमा चेन्नईको आठ अङ्कसहित तालिकाको पुछारमा छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)