मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मल भन्सारमा, किसान मर्कामा

newsofnepal.com · Sun Jul 23 00:35:30 GMT 2023

सिन्धुपाल्चोक । ‘ल्हासामा सुन छ, कान मेरो बुच्चै’ भन्ने उखान चरितार्थ भएको छ, सिन्धुपाल्चोकका किसानका लागि । सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी गाउँपालिका—२ स्थित तातोपानी नाकामा करिब दुई महिनादेखि रासायनिक मल थन्किएर बसेको छ । यता कृषकहरूले यो वर्ष कम पानी पर्दा बल्लतल्ल दुःखजिलो गरेर खेतीपाती सकाएका छन् । तर, ती खेतीमा मल हाल्न नपाउने पीरले किसानहरूलाई सताउन थालेको छ भने उता सरकारले कृषि सामग्री कम्पनीमार्फत चीनबाट किनेको झन्डै साढे सात लाख बोरा युरिया नाकामै थन्किएर बसेको छ ।

तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दयानन्द केसीका अनुसार एक सय ११ कन्टेनरले वैशाखमै ल्याएको सात लाख ३५ हजार बोरा मल लार्चा यार्ड गोदाममा थन्किएको छ । मलले सिङ्गो गोदाम ढाकेकाले लोड अनलोड गर्न भन्सारलाई समस्या परेको छ ।’ उहाँले बन्दरगाहमा आएका सामग्री भन्सार कार्यालयभित्र राखेर जाँच गर्नुपर्ने अवस्था सिर्जना भएको जानकारी दिँदै भन्नुभयो– ‘मल यसरी बसेको दुई महिना भइसकेको छ, हामी भन्सार प्रक्रिया सकेर तुरुन्तै पठाउन तयार छौँ। सम्बन्धित पक्षलाई यसबारे खबर पनि पठाएका छौं ।’

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)