आर्सनलसँग चेल्सी पराजित
ekantipur.com · Thu May 13 00:55:17 GMT 2021
लन्डन — इंग्लिस प्रिमियर लिगमा चेल्सी बुधबार घरेलु मैदानमा आर्सनलसँग १–० ले पराजित भएको छ । चेल्सीले शनिबार एफए कप फाइनलमा लेस्टर सिटीको सामना गर्दै छ । त्यसैलाई ध्यानमा राखेर क्लबले दोस्रो रोजाइको टिम उतारेको थियो । आखिरमा यही टिम पराजित रह्यो ।
आर्सनलका लागि इमिल स्मिथ रोले १६औं मिनेटमा निर्णायक गोल गरे । यो हारले चेल्सीको शीर्ष चारमा रहने सम्भावनामा धक्का पुगेको छ । चेल्सी ३६ खेलबाट ६४ अंकसाथ चौथो स्थानमा छ जुन पाँचौं स्थानको वेस्ट ह्यामसँग ६ अंकको दूरी हो । वेस्ट ह्यामले एक खेल कम खेलेको छ । यस्तै दुई खेल कम खेलेको लिभरपुल ५७ अंकसाथ छैटौं स्थानमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)