सरकारको निर्णयविरुद्ध एमालेका २३ जनवर्गीय संगठन : सडकमा उत्रने चेतावनी
nagariknews.nagariknetwork.com · Fri Mar 27 16:46:55 GMT 2026

एमाले निकट विभिन्न २३ जनवर्गीय संगठनले गौरीबहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
नवगठित प्रधानमन्त्री बालेन्द्र शाह सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको घटनाको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलगायतलाई कारबाही सिफारिस गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)