३६३ प्रहरी जवान सहायक हवल्दार बढुवाका लागि सिफारिस(सूचीसहित)
newsofnepal.com · Sat Jun 13 02:03:49 GMT 2026

काठमाडौं ।
नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समितिको सचिवालयले विभिन्न प्राविधिक समूहअन्तर्गत रिक्त रहेको प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि ३६३ जना प्रहरी जवानलाई सिफारिस गरेको छ।
प्रहरी नियमावली, २०७१ (संशोधनसहित) अनुसार जेठ २९ गते बसेको बढुवा समितिको बैठकले विभिन्न उपसमूहका प्रहरी जवानहरूको कार्यक्षमता, शैक्षिक योग्यता तथा तालिमबाट प्राप्त अङ्कका आधारमा योग्यताक्रम सूची सार्वजनिक गरेको हो।
समितिले प्रकाशित सिफारिस सूचीप्रति चित्त नबुझ्ने उम्मेदवारहरूलाई सात दिनभित्र उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्ने व्यवस्था रहेको जनाएको छ।
प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि ३६३ जना प्रहरी जवानलाई सिफारिस
https://drive.google.com/file/d/1FdC660Rk2WhknFmf4NGa_f22_5W6wlKz/view?usp=sharing
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)