मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

चेल्सीले जित्यो सुपरकप

ekantipur.com · Thu Aug 12 00:55:17 GMT 2021

बेलफास्ट — गोलरक्षक केपा एरिजाबालागाको उत्कृष्ट प्रदर्शनमा चेल्सीले बुधबार यूईएफए सुपरकप जितेको छ । उसले पेनाल्टीमा भिल्लारियललाई ६–५ ले हरायो । निर्धारित र अतिरिक्त समयको खेल १–१ को बराबरीमा थियो ।

गत सिजन पहिलो रोजाइका गोलरक्षक हुन छाडेका स्पेनी एरिजाबालागा अतिरिक्त समयमा सब्स्टिच्युट खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए । व्यवस्थापक थोमस टुचलले गरेको विश्वासलाई सही ठहर्‍याउँदै उनले एइसा मान्डी र राउल अल्बिलको प्रहार गोल हुन दिएनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)