मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ऐश्वर्यले जित्दा यामी खुसी

ekantipur.com · Sun May 21 00:49:47 GMT 2023

काठमाडौँ — यामी झाँक्रीमगर यसपालि अझै खुसी देखिइन् । गत वर्ष उपाधिमा ह्याट्रिक गरिसकेकी थिइन् । यसपालि भाग लिने कि नलिने भन्ने दोधार थियो । अन्तिममा नाम दर्ता गराइन् । शनिबार भएको ११ औं कान्तिपुर हाफ म्याराथनअन्तर्गत ३ किमि ह्विलचेयर रेसमा उनी दोस्रो भएकी थिइन् ।

पहिलो स्थान ऐश्वर्य कुमालले ओगटिन् । अछामकी ऐश्वर्यको यस प्रतियोगितामा पहिलो सहभागिता थियो । उनले १० मिनेट ९.७८ सेकेन्डबाट रेस जितिन् । उनीभन्दा पछाडि अनुभवी यामी थिइन् । यामीले १० मिनेट ५१.०७ सेकेन्डको टाइमिङ निकालिन् । अर्का पहिलोपल्ट सहभागी पेमा गुरुङ (११ मिनेट २५.१० सेकेन्ड) तेस्रो भइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)