ब्राउन सुगरसहित दुईजना पक्राउ
annapurnapost.com · Wed May 20 06:34:26 GMT 2026

रौतहट : प्रहरीले चन्द्रपुर नगरपालिकाबाट लागुऔषध ब्राउन सुगरसहित दुईजनालाई पक्राउ परेका छ्न । चन्द्रपुर-४ स्थित महेन्द्र राजमार्ग सडकखण्डमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका राईले चलाई आएको बा.१७ प.७४३८ नम्बरको मोटरसाइकल, ६. ३८० ग्राम ब्राउन सुगर र उनीहरूले प्रयोग गर्दै आएको २ थान मोबाइल पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)