तिलगङ्गाका विस्थापितहरू धर्नामा (तस्वीर)
nepalviews.com · Wed May 20 06:43:11 GMT 2026

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले तिलगङ्गा क्षेत्रको वस्ती हटाएपछि त्यहाँका पीडित बासिन्दाहरू आन्दोलित भएका छन्। कोषले विगतमा गरेको सम्झौता र सर्तहरूको उल्लंघन गर्दै आफ्ना घरटहराहरू बलपूर्वक हटाएको भन्दै स्थानीयहरूले भन्दै आपत्ति जनाएका छन्।
सहमतिविपरीत गरिएको यस कदमको विरोध गर्दै आफ्ना मागहरू पूरा गराउन दबाब दिने उद्देश्यले विस्थापित बासिन्दाहरूले पशुपति क्षेत्र विकास कोषको कार्यालय (गौशला)को मुख्य गेटबाहिर शान्तिपूर्ण धर्ना दिएका हुन् ।
तस्वीर :सक्षम घिमिरे/नेपाल न्युज बैंक
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
पशुपति क्षेत्र विकास कोष